Logo
Logo

रुपन्देही-५ मा एमालेका बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान


4.3k
Shares

रुपन्देही । रुपन्देही- ५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार रूपन्देही-५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी व्यक्तिको लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोयनपत्र पेश भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्