एजेन्सी । रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि संकटग्रस्त शिलंकामा सोमबार फर्किएको छ ।
युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो । श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गरेका छन् ।
‘यो राम्रो समाचार हो’, उनले भने । ‘मलाई आशा छ कि ‘रूसका छिमेकी देशहरूबाट’ पर्यटकहरूले पनि हप्तामा दुई पटक सेवा प्रयोग गर्नेछन् ।कोलम्बोमा हवाई इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलंकामा हवाई सेवा कटौती गरेका छन् ।
आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो ।
सरकारी हस्तक्षेपपछि विमान लाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलंका सरकारबीच कुटनीतिक विवाद निम्त्यायो ।
श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ किनकि टापुले आफ्नो आवश्यक आयातको लागि भुक्तानी गर्न डलर जुटाउन संघर्ष गरिरहेको छ।
देशले इन्धनको वितरणलाई आलोपालो गरी व्यवस्थापन गरिरहेको छ तर डलर कमाउने पर्यटन उद्योगलाई बचाउन पर्यटकहरू ओसारपसार गर्ने सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको अनुमति दिइरहेको छ ।
कोलम्बोले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न नसकेपछि कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा काृष (आईएमएफ(सँग वार्ता गरिरहेको छ ।