Logo
Logo

उचित समयमा बोल्ने छु : भीम रावल


2.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उचित समयमा बोल्ने टिप्पणी गरेका छन् ।

एमालेबाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका हुन् ।

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’, उनले भनेका छन् ।

नेता रावलले सामाजिक संजालमा लेखेका छन्, ‘उनले लेखेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु।’

प्रतिक्रिया दिनुहोस्