Logo
Logo

जसपाका मन्त्री हटाउने प्रधामन्त्रीको तयारी


3.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका जसपाले आसन्न निर्वाचनमा एमालेसंग तालमेल गरी उम्मेदवारी दर्ता गरापछि प्रधानमन्त्री देउवाले पार्टीबाट मन्त्रिपरिषदमा सामेल ४ मन्त्री हटाउने तयारी गरेको हो । जसका लागि प्रधानमन्त्री देउवाले आज दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई छलफछ गर्दैछन् । गठबन्धनका नेताहरुले पनि जसपाबाट बनेका मन्त्रीहरु हटाउनुपर्ने जोड दिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले जसपा नेताहरुलाई मन्त्री पदबाट हटाउन मिल्ने नमिल्ने बारे प्रधानमन्त्री देउवाले गठबन्धनको बैठकमा निर्वाचन आयोग र अदालतसँग परामर्श गरेर निर्णय लिने जानकारी दिएका थिए । आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेको स्रोतले बतायो । आयोगबाट समेत हटाउन सकिने परामर्श पाएपछि देउवाले सरकारमा रहेका चार मन्त्रीलाई केही दिनमा पदमुक्त गर्न सक्ने ती नेताको भनाइ छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषदमा छन् ।

सम्बन्धित समाचार : जसपाका यी ४ मन्त्रीको पद जाने !

प्रतिक्रिया दिनुहोस्