Logo
Logo

सैनिक नियमावली संशोधन, बढुवाका प्रावधानमा व्यापक हेरफेर


1.9k
Shares


काठमाडौं । सरकारले सैनिक सेवा नियमावली २०६९ संशोधन गरेको छ । संशोधनमा बढुवाका प्रावधानमा व्यापक हेरफेर गरिएको छ ।


नियमावली संशोधनमा यूनिट कमाण्ड एण्ड स्टाफ कोर्सको नाम अल आम्र्स कमाण्ड एण्ड तथा स्टाफ कोर्स÷ यूनिट कमाण्ड एण्ड स्टाफ कोर्स’ राखिएको छ ।


नियमावलीको नियम ९७ संशोधन गरी सेवा समुह एकपटकभन्दा धेरै परिवर्तन गर्न सकिने उल्लेख छ । यसअघि नियम ९७(३) मा उपसेनानी र त्यो भन्दा तल्लो दर्जाले सेवा परिवर्तन गर्न सक्ने र सेवाअवधिभर एकपटक मात्र हुने उल्लेख थियो । एकपटक मात्र हुने प्रावधान हटाइएको छ । साथै बन्दोबस्ती कार्य समूहतर्फ कुनै पद सो समूहका सैनिक व्यक्तिको योग्यता पुरा नहुँदा दुई वर्षसम्म रिक्त भएमा सैनिक साधरण सेवाबाट योग्यता पुगेका सैनिकको सेवा परिवर्तन गर्न सकिने प्रावधान थपिएको छ । सेनाभित्र कतिपय पदमा यस्तो समस्या आएपछि यो प्रावधान राखिएको स्रोत बताउँछ ।


त्यस्तै विभिन्न पदमा बढुवाका लागि शैक्षिक योग्यता लगायत नयाँ मापदण्ड तोकिएको छ । करिब एक वर्ष लामो छलफलपछि सैनिक नियमावली संशोधन भएको हो ।
संशोधित नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्