Logo
Logo

अनुमतिबिना ड्रोन चलाए कारबाही गर्ने गृहको चेतावनी


1k
Shares

काठमाडौं । गृह मन्त्रालयले अनुमतिबिना मानवरहित हवाई उपकरण (रिमोट्ली पाइलटेड एअरक्राफ्ट-ड्रोन) उडाए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ ।

विभिन्न व्यक्तिरनिकायले अनुमित नलिई अनधिकृतरुपमा ड्रोन उडाएको भन्ने सूचना आएको भन्दै अति आवश्यक परेमा २ केजीसम्मको ड्रोन उडाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सोभन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘मानवरहित हवाई उपकरण ९ड्रोन० उडानसम्बन्धी कार्यविधि, २०७५’ ले गरेको सोही व्यवस्था बमोजिम अनुमति लिएर उडाउन गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्