Logo
Logo

घनश्यामसहित ५ नेताको नाम एमालेको अभिलेखबाट आउट !


101.9k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएका ५ जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएका छन् ।

स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले एक बिष्णु रिजालले जानकारी दिए । उनीहरूलाई स्पष्टीकरण सोधिरहनु नपर्ने रिजालले बताए ।

स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसालले रुपन्देही र प्रभु साहले रौतहटबाट स्वतन्त्र उम्मेदवार दिएका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाहले रौतहट, गंगा चौधरी सत्गौवा दाङ तथा बदमी क्वारा बुढाले डोल्पाबाट स्वतन्त्र उम्मेदवार दिएका छन्

प्रतिक्रिया दिनुहोस्