Logo
Logo

रेशमको खारेजीपछि बुबा लालवीर बने उम्मेदवार


8.8k
Shares

काठमाडौं । टीकापुर हत्याकाण्ड प्रकरणमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनका बुवा लालवीरलाई अगाडि सारेको छ ।

नेकपा माओवादी केन्द्रका सुरेश पन्थको उजुरीबाट बर्दिया क्षेत्र नम्बर २ मा उठेका रेशमको उम्मेदवारी खारेजी भएको हो । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी उनका बुवा लालवीरलाई समर्थन गर्ने निर्णय भएको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिएकी छन् ।

रेशमले आफ्नो उम्मेदवारीसँगै बाबुको पनि उम्मेदवारी दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी खारेज हुने आशंकाले रेशमले बुबाको नाममा निर्वाचन आयोगमा दर्ता गराएका थिए । अब नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया २ मा रेशमका बुवा लालवीर रहने अध्यक्ष श्रेष्ठले बताएकी छन् ।

२०७४ को आमनिर्वाचनमा लालवीर कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्