गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख)मा सत्ता गठबन्धनका उमेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।
अर्यालको उम्मेदवारी फिर्तापछि त्यस क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उमेदवार रामकुमारी झाँक्रीलाई समेत सहज हुने नेताहरुले बताएका छन् ।