Logo
Logo

फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?


5.6k
Shares

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । फेसबुक संचालन गर्ने मेटा कम्पनीका सिईओ मार्क जुकरबर्कको समेत फलोअर्स ह्वात्तै घटेका छन् ।

मार्कले मंगलबार व्यक्तिगत एकाउन्टमा राखेको एक तस्बिरमा १० लाखभन्दा बढीले लाइक गरेका छन् र एक लाख २७ हजारभन्दा बढी कमेन्ट आएको छ । तर, अहिले उनको उक्त एकाउन्टमा ९ हजार ९ सय ९४ मात्र फलोअर्स देखिन्छन् ।

विशेषगरी फेसबुकमा व्यक्तिगत एकाउन्टमा फलो गर्न एउटा अप्सन राखिएको हुन्छ, जसलाई क्लिक गरेर साथी नभएपनि सम्बन्धित व्यक्तिबारे अपडेट लिन सकिन्छ । त्यस हिसाबले फेसब्ुकमा फलोअर्स घट्नु अस्वभाविक लाग्छ । उनको मंगलबारअघिसम्म दुई करोडभन्दा बढी फलोअर्स थिए ।

फेसबुकले अमेरिकाका ठूला ठूला मिडियाहरुको समेत फलोअर्स ह्वात्तै घटेको जनाएको छ । अमेरिकाको चर्चित पत्रिका ‘न्युजविक डटकम’ले अमेरिकाका ठूला मिडियाहरु जस्तै, न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, हफिङ्टन पोस्ट, न्युयोर्क पोस्टलगायतको फलोअर्स दैनिक हजारौँ संख्यामा घटिरहेको उल्लेख गरेको छ ।

अमेरिकाका ती ठूला मिडियाका मात्र नभएर नेपाली सेलिब्रेटी, राजनीतिज्ञदेखि सर्वसाधारणका फलोअर्स पनि बुधबार बिहान ह्वातै घटेको देखिएको छ ।
मेटाका अनुसार फेक एकान्ट बन्द गर्दा फलोअर्स ह्वात्तै घटेको हुनसक्छ । केही समयअघिमात्र मेटाले फेक एकाउन्ट बन्द गरिदिएको जनाएको थियो । यसै वर्षको अप्रिलदेखि जुनसम्म विश्वभर एक अर्ब ६० करोड फेक एकाउन्ट बन्द गरिएको मेटाले जनाएको छ । अहिले फलोअसै ह्वात्तै घट्नु त्यही कारण हुन सक्ने मेटालाई उदृत गर्दै न्युजविकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्