Logo
Logo

प्रभु साहले पाए ‘हातेकल’ निर्वाचन चिन्ह


1.9k
Shares

काठमाडौं । नेकपा एमाले छाडेर रौतहट-३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले निर्वाचन चिन्ह हातेकल पाएका छन् ।

निर्वाचन आयोगले बुधबार साहलाई हातेकल निर्वाचन चिन्ह दिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिएर रौतहट पुगेका नेता साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

साहले आफू निकट नेताहरुलाई ओलीले टिकट नदिएको भन्दै एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्