Logo
Logo

प्रचण्डद्वारा आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण


9.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ ।

आइतबार गोरखा- २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरी आचारसंहिताको उल्लंघन भएको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले भनेको हो ।पत्रमा भनिएको छ, ‘यहाँको मनोनयनमा बाजागाजा प्रयोग गरेको हो भने यहाँलाई आचारसंहिता २०७९ को दफा १३ को खण्ड ‘ण’ उल्लंघनमा कारबाही किन नगर्ने ?’

प्रतिक्रिया दिनुहोस्