Logo
Logo

इबोला नियन्त्रणका लागि अफ्रिकी स्वास्थ्यमन्त्रीहरु युगाण्डामा भेट्दै


315
Shares

कम्पाला । अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरु युगाण्डामा भेट्ने भएका छन् ।

पछिल्ला दिनहरुमा अफ्रिकी देशहरुमा इबोला सङ्क्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि युगाण्डामा बैठक बस्न लागेको बताइएको छ । अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरुले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो ।

युगाण्डामा रहेको विश्व स्वास्थ्य सङ्गठनमा सो बैठक बस्न लागेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताउँदै आएको छ । त्यसपछि सो बैठक बस्न लागेको र एकले अर्को देशको सीमा क्षेत्रमा कडाई गर्नुका साथै इबोलाको रोकथामका लागि आवश्यक समन्वय गर्ने निर्णय स्वास्थ्य मन्त्रीहरुको सो बैठकले गर्ने भएको छ ।

युगाण्डामा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार यहाँ इबोलाका ४८ जना सङ्क्रमित भेटिएका छन् भने केही दिन यतामात्र यहाँका १७ जनाको ज्यान गएको छ । त्यस्तै पछिल्लो समयमा अफ्रिकाका विभिन्न देशमा इबोलाको संक्रमण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्