Logo
Logo

चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा आज सझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यावसायिक उत्तरदायित्वसहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत , आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्ति हनानुभावहरुलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।

सो अवसरमा आफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटी एक अभियानको रुपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए । चेम्बरका अध्यक्ष श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्र भएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित हुने आशा एंव विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्