Logo
Logo

प्रदेश १ मा प्रमुख दलबाट लड्ने ५ महिला


2.6k
Shares

काठमाडौं । प्रमुख दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ टिकट वितरणमा महिलालाई उपेक्षा गरेका छन् ।

संविधानको प्रस्तावनामै लैंगिक विभेद अन्त्य गर्ने संकल्न गरिएको छ । तर प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४ सय ३७ जनाले उम्मेदवारी दिएका छन् ।

जसमा महिला उम्मेरवार ३४ जना छन् । ठूला दलले ५ जना मात्रै महिला उठाएका छन् । धेरै महिला स्वतन्त्र उम्मेदवार बनेका छन् । एमालेले सुनसरी–३ र उदयपुर–१ बाट महिलालाई उम्मेदवार बनाएको छ । सुनसरीमा भगवती चौधरी र उदयपुरमा मञ्जु चौधरीले टिकट पाएका हुन् ।

कांग्रेसले तेह्रथुमबाट सीता गुरुङ र मोरङ–२ बाट सुजता कोइरालालाई मात्रै टिकट दिएको छ । सीता ०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग पराजित भएकी थिइन् । सुजता अघिल्लो निर्वाचनमा उम्मेदवार थिइनन् ।

यस्तै राप्रपाबाट मोरङ–३ मा रेखा थापाको उम्मेदवारी छ । उनी नेपाली चलचित्रकी सफल नायिका र निर्माता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्