Logo
Logo

प्रभु साह साधारण सदस्यसमेत नरहने गरी निष्कासित


9.7k
Shares

काठमाडौं । नेकपा एमाले प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

एमालेको टिकट लिएर अन्तिमसमयमा स्वतन्त्र उम्मेदवार दिएपछि साहलाई शुक्रबार एमाले महासचिव शंकर पोखरेलले पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।

साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्