Logo
Logo

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएकालाई हर्कले एक महिनाको तलब दिने


2k
Shares

काठमाडौं । काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिला तामाङलाई धरानका मेयर हर्क सम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन् ।

उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्– ‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’,

प्रतिक्रिया दिनुहोस्