Logo
Logo

उपमहासचिव हरिबोलले बुझाए प्रचण्डलाई असहमति पत्र


16.5k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका हुन् ।

एक नेताका अनुसार पत्रमा दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् ।

गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्