Logo
Logo

नयाँ बसपार्कको होटलबाट ११ जना पक्राउ


4.6k
Shares


काठमाडौ । काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोलीले चार लाख २५ हजार नगद बरामद गरी जुवाडेलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा मकवापनुर स्थायी घर भएका कृष्ण बहादुर बल, गोरखाका मनोज कुमार श्रेष्ठ, खुशीराम गुरुङ, मन्जित गुरुङ र मनोज धिताल, नवलपरासीका लिला ठाडा मगर, काठमाडौंका बिनोद केसी, पाँचथरका मित्र प्रसाद ढकाल, लमजुङका क्षेत्रबहादुर गुरुङ, कास्कीका सूर्यबहादुर गुरुङ र कञ्चनपुरका विनोद दमाई छन् । पक्राउ परेकामध्ये कृष्ण बहादुर बल होटल सञ्चालक रहेको र उनले नै जुवा खेलाउँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्