Logo
Logo

प्रचण्डको दावी- गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो


4.9k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको एउटा कालखण्डमा भिडेका कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो नभएको बताएका छन् ।

गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले अघि भने, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसाममने भिडन्त गरेका पार्टीहरू हौँ । कांग्रेस र माओवादी मुख्य रूपमा ।’

नेपालको इतिहासमा राजनीति रक्षाको जग १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता नै भएको दाबी गर्दै उनले भने, ‘ती दुईवटा पार्टीहरूको बिचमा राजनीति भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ । हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन ।’

शान्ति सम्झौतामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेको बताए । उनले भने, ‘गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो । उहाँले हँसिया हथौडामा भोट हाल्नु हो । अनि तपाईँहरू चाहिँ राजनेता भन्ने अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त।’

प्रतिक्रिया दिनुहोस्