Logo
Logo

घोषणापत्र तयार गर्न ‘मुडफ्रेश’ बनाउँदै ओली


2.5k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्दैछ । पार्टीको घोषणापत्र फाइलन ड्राफ्ट तयार गर्न अध्यक्ष ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन् ।

अध्यक्ष ओली शनिबार केही नेताहरुका साथमा पार्टीको घोषणा पत्र तयार गर्न लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन् । उनले त्यहाँ बसेर नेताहरुले उपलब्ध गराएको सुझावहरुको अध्ययन गरे घोषणापत्र तयारी गर्ने एमाले सचिवालयले जनाएको छ ।

सचिवालयले लाकुरीभज्याङमा ओली पुगेको तस्बिरहरु समेत सार्वजनिक गरेको छ । तस्बिरमा ओली छलफलमा व्यस्त रहेको, नजिकको डाँडाकाँडा हेरेर रमाइरहेको देखिन्छ । जसबाट स्पष्ट हुन्छ कि घोषणापत्र तयार गर्न ओलीले फ्रेसमुड बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्