Logo
Logo

नम्बर प्लेट ‘आकाशतिर फर्काउने’ ७ जनालाई कारबाही


945
Shares

फाइल फोटो

काठमाडौं । ट्राफिक प्रहरीले शनिबार एकैदिन १४ सय जना भन्दा धेरै सवारी चालकलाई कारबाही गरेको छ ।

शनिबार विशेष चेकिङ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने १ हजार ४०७ जनालाई कारबाही गरेको हो ।

नम्बर प्लेट स्पष्ट नभएका ४४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १ सय ५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठूलो आवाज निकाल्ने २ वटा मोटरसाइकल चालक कारबाहीमा परेका हुन् ।

त्यसैगरी, स्पष्ट रूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बर प्लेट नराख्ने सवारी साधनका अन्य ७ सय ८८ जना चालक पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्