Logo
Logo

शंकरले थेग्लान् रेखाको टक्कर ?


24.4k
Shares

दाङ । दाङका अरु क्षेत्र जस्तै क्षेत्र नं २ मा पनि यो निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

किनभने यो एमाले महासचिव शंकर पोखरेलको क्षेत्र हो । यसपटक यहाँबाट पोखरेल र गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा निर्वाचनको मैदानमा छन् । स्थानीय तह निर्वाचनको तथ्यांक होर्दा यहाँ गठबन्धन दल नै अगाडि छन् ।

उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका वडाध्यक्षले ३६ हजार १ सय ४६ र एमालेका वडाध्यक्षले ३३ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए । तर, पनि गठबन्धनविरुद्ध एक्लै भिडेर एमालेले घोराहीको मेयर उपमेयरसहित अधिकांस वडामा जित निकालेको थियो ।
घोराही उपमहानगर, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरका १६, १७, १८, १९ नं वडा यहाँ पर्छन् ।

त्यसैले आफू जित्नेमा पोखरेल ढुक्क देखिन्छन् । तर, वडाध्यक्षले पाएको मतको आधारमा गठबन्धनको जित सुनिश्चित रहेको शर्माको दाबी छ । शर्माले २०६४ सालको संविधान सभा निर्वाचनमा जितेकी थिइन् । त्यसबेला ५ निर्वाचन क्षेत्र रहेको दाङ माओवादीले क्लिनस्वीप नै गरेको थियो । यसपछटक पूर्व सभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो ।

२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । त्यसपछि मुख्यमन्त्री बने । त्यसो त शंकरले २०५१ पछि हालसम्म केन्द्रको कुनै पनि संसदीय निर्वाचन जितेका छैनन् ।

स्थानीय तह निर्वाचको परिणामका कारण पनि शंकर उत्साहित छन् । तर, इमान्दार नेताको छवी बनाएकी रेखालाई रोक्न उनलाई त्यति सहज भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्