Logo
Logo

लोकगायक राजु परियारलाई पितृशोक


819
Shares

लमजुङ । लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार लामो समय देखि फोक्सोको समस्याले पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो । लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । उनले आफ्नो बुबाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको बताएका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्