Logo
Logo

स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ


1.3k
Shares

कपिलवस्तु । कृष्णनगर नगरपालिक- २ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्युठान नगरपालिका- ८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु।१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्