Logo
Logo

यातायातका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा


3.4k
Shares


काठमाडाैं। सुर्खेतको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि उनले विचौलिया नीरक बहादुर शाहीसँग घुस लिएका थिए । गत १० भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेकोमा आइतबार मुद्दा दायर भएको हो ।


अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीको सवारी साधन जाँचपास गराउनका निमित्त विचौलिया नीरक बहादुर शाहीमार्फत रु.३,०००।–घुस÷रिसवत माग गरी लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज मेकानिकल इन्जिनियर दिपक बमलाई बिगो रु.३,०००।– (तीन हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद तथा बिगोबमोजिमको जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ । बिचौलिया शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्