Logo
Logo

शताब्दी पुरुष सत्यमोहनलाई श्रद्धाञ्जली (फोटोफिचर)


504
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

ललितपुर महानगरपालिका परिसरमा राखिएको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले नेपालको झन्डा ओढाएका हुन् । उनीसँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि झण्डा ओढाएका थिए ।

आइतबार बिहान निधन भएका १०३ वर्षीय जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिएको छ । जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जामन्त्री पम्पा भुसाल, पर्यटन मन्त्री जीवनराम श्रेष्ठलगायतका नेता पुगेका थिए । उनलाई ललितपुर महानगर परिसरमा अपराह्न ४ बजेसम्म राखिनेछ । त्यसपछि संरक्षण तथा अध्ययनका लागि किष्ट अस्पतालमै फिर्ता लगिनेछ ।

शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ । बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्