काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने उल्लेख भएको भन्दै मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति मार्फत जनाएका छन् । सहमति बेगर चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकरको वार्षिक कार्यक्रममभित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।