Logo
Logo

धनराज र पद्मालाई विरासत फर्काउने र जोगाउने चुनौति


6.5k
Shares

काठमाडौं । स्याङ्जा- २ मा यसपट कांग्रेस र नेकपा एमालेका पदाधिकारी प्रतिस्पर्धामा छन् ।

गठबन्धनबाट कांग्रेस उपसभापति धानराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच कडा टक्कर हुने देखिएको छ । २०६४ र २०७० सालको संविधानसभामा समानुपातिकबाट सांसद बनेका धनराजका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो ।

राष्ट्रियताको पक्षमा चट्टानी अडान र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर उनी चर्चामा रहने गरेका छन् । पद्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

केपी ओली सरकारमा लामो समय भूमिसुधार र कृषि तथा पशुपन्छी मन्त्री बनेकी थिइन् । विगतमा स्याङ्जालाई कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र रजाईं गरेको स्याङजामा २०७४ सालमा भने एमालेले कांग्रेसको विरासत तोडेको थियो ।

पद्माले ३५ हजार १ सय ४२ र गोपालमानले ३१ हजार ४ सय ३६ मत पाएका थिए । तर, अहिले ५ वर्षअघिको समिकरण फेरिएको छ । कांग्रेस, माओवादी र एकीकृेत समाजवादी एक ठाउँमा छन् । एमाले र जसपा एक ठाउँमा । बैसाखमा भएको स्थानीय निर्वाचनको मतपरिणामले धनराजलाई निकै बलियो देखाएको छ ।

उक्त निर्वाचनमा कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । माओवादीले १ हजार २ सय ४३ र नेकपा एसले २ सय ३३ मत पाए । पटक–पटक प्रतिनिधिसभा विघटन गरेको अपजस एमालेमाथि लाग्दै आएको छ । त्यो आरोपलाई चिर्दै जनतामा जानुपर्ने चुनौती पद्मासामु छ ।

धनराजलाई २०७४ सालमा गुमेको विरासत गठबन्धनको बलमा फर्काउने अवसर छ । पद्मा भने जितलाई निरन्तरता दिने चुनौतिमा छिन् ।

प्रतिक्रिया दिनुहोस्