Logo
Logo

नरेन्द्र मोदीको नारा चोरेर भोट माग्दै कोमल वली !


14.2k
Shares

काठमाडौं । नेकपा एमालेबाट दाङ–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोमल वलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा नेपालीमा अनुवाद गरेर भोट मागेका  छन् ।

उम्मेदवार ओलीले असोज २८ गते दुई प्रदेशसभा सदस्यका उम्मेदवारलाई दायाँ बायाँ राखेर एक पोस्टर सार्वजनिक गरेका थिए । उक्त पोस्टरमा ‘अति नै भयो महंगीको मार, चाहिने नै भयो एमालेको सरकार’ लेखिएको छ ।

वलीको उक्त पोस्टरमा लेखिएको नारा सन् २०१४ को निर्वाचनमा हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गरेको नारासँग हुबहु मिल्छ ।

मोदीले ०१४ मा सार्वजनिक गरेको पोस्टरमा ‘बहुत हुई देश मे महँगाइ की मार, अबकी बार मोदी सरकार’ लेखिएको छ ।

मोदी र वलीको नारा हुबहु मिल्छ । वलीले ‘मोदी सरकार’को ठाउँमा ‘एमालेको सरकार’ मात्र लेखेर पोस्टर बनाएका हुन् ।

आजभोली भने वलीले उक्त पोस्टर भोट माग्न प्रयोग गरेको देखिन्न । वलीले मोदीको नारासँग मिलेको आरोप लागेपछि उक्त पोस्टर प्रयोग गर्न छोडेको अनलाइन न्यूज पोर्टल अनलाइनखबरलाई प्रतिकृया दिएका छन् ।

अनलाइनखबरसँग वलीले भनेका छन्–
‘टिमले बनाइरहेको छ । भारतको राम्रो लागेर प्रभावित भएका होला, अब म यो चेन्ज गर्न लगाउँछु ।’

एमालेकै महासचिव शंकर पोखरेललाई पनि नेपाली कांग्रेसले २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जारी गरेको घोषणापत्रको कभर स्केच चोरी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्