Logo
Logo

डिएसपी रुगम कुँवरः जहाँ पुग्छन् अनुसन्धानमा अब्बल बन्छन्


1.6k
Shares


काठमाडौं । प्रहरी दिवसको अवसरमा यो वर्ष उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम बहादुर कुँवर र प्रहरी नायव निरीक्षक(सइ) मदन राज स्याङ्बो ले पाएका छन् । डिएसपी कुँवर इलाका प्रहरी कार्यालय, बिर्तामोड तथा सइ स्याङ्बो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।


पुरस्कृत भएका डिएसपी कुँवर उत्कृष्ट अनुसन्धान गरेवापत पुरस्कृत भएको यो पहिलो पटक होइन । उनी जून कार्यालयमा पुग्छन् त्यही उत्कृष्ट भएर पुरस्कृत हुने गरेका छन् । इन्सपेक्टर हुँदा तत्कालिन सोह्रखुट्टे प्रभागमा हुँदा उनले दर्जन जघन्य अपराधका घटना समेत सुल्झाएका थिए ।


चितवनमा कार्यरत हुँदा त्यहाँ भएका अधिकांश ठूला अपराधको सफल अनुसन्धान गरेका थिए । त्यस्तै,केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र अपराध महाशाखाका कार्यरत रहँदा ठूला घटनाको सफल अनुसन्धान गरेका थिए । हाल, झापामा रहँदा पनि हत्याका घटनामा उनले केही दिनमै सफल अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएका थिए ।

उनले असार महिनामा प्रदेश नम्बर १ बाट सर्वाेत्कृष्ट प्रहरीको पुरस्कार पाएका थिए ।


गत असारमा भारतीय नागरिकको हत्या गरी शव हिमपाइपमा लुकाएको घटनाको केही दिनभित्रै उनले आरोपी पक्राउ गरेका थिए । त्यस्तै दशैंमा झापाको एक होटलमा जुवा खेल्ने क्रममा एक युवकको हत्या गरी शव सडकमा फालेको घटनाका आरोपी पनि पक्राउ गरेका थिए । सोही आधारमा उनी पुरस्कृत भएका हुन् । अपराध अनुसन्धानमा अनुभव तथा मेहनतका कारण उनी सफल हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्