Logo
Logo

धनुषा-१ : मातृका ढुक्क, एमालेको साथ दीपकलाई कति पर्याप्त ?


8.8k
Shares

जनकपुरधाम । धनुषा- १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यादव २६ हजार ४ सय १८ मतसहित विजयी हुँदा भएका थिए । २०६४ को पहिलो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कार्कीले १७ हजार २ सय ९६ मत पाएका थिए ।

त्यसबेला उनलाई राजपाको साथ थियो । यसपटक प्रतिस्पर्धामा जनमत पार्टीका किशोरी साह पनि थपिएका छन् । उनी सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद हुन् । यादव २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट जितेका यादवलाई एमालेको पनि साथ थियो ।

अहिले राजनीतिक संरचना फेरिएको छ । यादवलाई आफ्नो पार्टीसँगै कांग्रेस, लोसपा, नेकपा एसको समर्थन छ । कार्कीलाई एमालेको साथ छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा यादव निकै बलियो देखिएका छन् । उक्त निर्वाचनमा कांग्रेसको १७ हजार ५ सय ५०, एमालेले १५ हजार ८ सय १७, माओवादीको १२ हजार २ सय ९२ र जसपाको ९ हजार १० मत छ ।

यस्तै लोसपाले ६ हजार ६ सय २४, राप्रपाले ४ हजार ९ सय ३०, जनमत पार्टीले ३ हजार ३ सय २०, एकीकृत समाजवादीले २ हजार ९ सय ३७ र स्वतन्त्रले ३ हजार ३ सय २४ पाएका छन् । यसरी हेर्दा सत्ता गठबन्धन १५ हजार मतले अगाडी देखिन्छ । सत्ता गठबन्धनको ३९ हजार ४ सय ३ र एमाले नेतृत्वको गठबन्धनको मत २४ हजार ८ सय २७ छ ।

किशोरी साह एमालेबाटै विद्रोह गरेर गएकाले अझ एमाले नेतृत्वको गठबन्धनको मत घट्ने सम्भावना छ । एमालेको साथ र लामो समयदेखि निस्वार्थ रुपमा जनताको काम गरेकाले आफूले जित्ने जसपा उम्मेदवार कार्कीको दाबी छ ।

उता यादव भने सत्तारुढ दलको साथ, ५ वर्षमा गरेको विकासका कामका काराण जनाताले फेरी निर्वाचित गर्नेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्