Logo
Logo

संगठनबाटै अन्यायमा परेका डिएसपी, जो जिम्मेवारी पाउँदा उत्कृष्ट बने


33.4k
Shares


काठमाडौं । देशका लागि असल नियतले काम गर्दा डिएसपी अंगुर जिसीले यती धेरै दुःख झेले कि उनीविरुद्ध हचुवाकै भरमा संगठनले नै मुद्दा नै दायर गर्याे । निर्मला पन्त प्रकरणमा प्रहरी नेतृत्वबाटै पीडित हुने प्रहरीमध्ये एक उनी हुन् । अनुसन्धानमा लापरबाही गरेको भन्दै उनीसहितका प्रहरीलाई निलम्बन मात्र गरिएन मुद्दा समेत खेप्नुप¥यो । अन्ततः उनी गलत थिएनन् तत्कालिन प्रहरी नेतृत्व गलत थियो भन्ने पुष्टि भयो र उनले न्याय पाए ।


त्यतीमात्र होइन अवसर पाउँदा नै आफ्नो उत्कृष्ट पुलिसिङ देखाएका छन् । यस वर्षको प्रहरी दिवसमा वृत्त, इलाका प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमध्येबाट उनले नेतृत्व गरेको प्रहरी वृत्त महाराजगञ्ज उत्कृष्ट बनेको छ । महाराजगञ्ज वृत्त अन्र्तगत गरेको कामका आधारमा एआइजी नेतृत्वको टोलीले गरेको अनुगमन मूल्याङकनमा महाराजगञ्ज उत्कृष्ट बनेको छ । खासगरी नयाँ बसपार्क क्षेत्रमा हुने बिकृतीविरुद्ध उनले थालेको अभियान र कार्यालय व्यवस्था लगायत कामले उनी उत्कृष्ट भएका हुन् । जसअनुसार ६७ औं प्रहरी दिवसमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले डिएसपी जिसीलाई पुरस्कृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्