काठमाडौैैं । चुनाव अगाडि आफुसँग लाइभ डिबेटमा आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई फेसबुकबाटै चुनौती दिएका छन् ।
एजेन्डामा आधारित भएर पश्चिमी देशमा यस्तो डिबेट हुने भन्दै यसका लागि आफु तयार रहेको र देउवालाई यसका लागि उनले चुनौती दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेका‘का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?