Logo
Logo

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो


756
Shares

पोखरा । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा कास्य पदक हात पारेको छ ।

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

बागमतीको लागि सुमन खतिवडाले २१ बलमा ६ चौका र १ छक्कासहित ४१ रनको योगदान दिए । त्यसैगरी अस्मिता खरेल ३२ बलमा २ चौकासहित २० रनमा आउट भए । कन्चन श्रेष्ठले २० बलमा १० रन जोड्दै बाहिरिए । अनिशा मजाकोटी २१ बलमा १ चौकासहित १० रनमा अविजित रहे ।

लुम्बिनी प्रदेशका कृतिका मरासिनीले २ विकेट लिए भने सुस्मिता भुषालले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो ।

लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाए । लक्ष्मी चौधरीले २ रन जोड्दा आश्मा पुलामी मगरले ८ रन बनाए । रन्जु श्रेष्ठले ५ रन जोडे । बागमतीकी विपिशा शाहीले ४ विकेट लिइन् भने खुशी डङ्गोलले तीन तथा सोनी पाख्रिनले २ विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्