Logo
Logo

प्रधानमन्त्री कार्यालयलाई आयोगले सोध्यो स्पष्टीकरण


2k
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणापछि पनि दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदैछ, आजै जान्छ । सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्‍यो अनि कतिपय निर्णय समेत लुकायो भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको हो ।’

निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ । आयोगले निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्