Logo
Logo
दृष्टिका १० हेडलाइन्स

देउवालाई ओलीको चुनौतीदेखि बागी उम्मेदवारी फिर्ता लिने समय थपसम्म


1.1k
Shares

१. लोकतन्त्र र संविधानको रक्षाको लागि आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ विजयी गराउन सत्ता गठबन्धन दलहरूको अपील, देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलताको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाको सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई उच्च प्राथमिकता दिने उल्लेख । 


२. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले गठन गर्यो विभिन्न उपसमिति, गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्ने, समितिअन्तर्गत भ्रातृ संस्था परिचालन, अनुगमन मूल्याङ्कन तथा सुपरीवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन, निर्वाचन अनुगमन तथा अनुशासन, निर्वाचन आयोग समन्वय, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय र प्रदेश परिचालन समन्वय उपसमिति (सातवटै प्रदेशका लागि) गठन ।


३. नेकपा माओवादी केन्द्रले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप्यो, बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधि यही कात्तिक ४ गतेसम्मका लागि थप, उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन माओवादीको आग्रह, सो समयभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी । 


४. आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, निर्वाचन आचारसंहितामा राखिएका प्रावधान, विभिन्न लोकतान्त्रिक देशहरूका असल अभ्यास र अध्ययन अनुसन्धानमा आधारित भएको अभिव्यक्ति, निर्वाचनको समग्र निष्ठालाई प्रवर्द्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने । 


५. प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह, प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको ठहर ।


६. निर्वाचन विषेश ‘लाइभ डिबेट’ गर्ने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनौती, अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको ‘लाइभ टेलिभिजन लाइभ’ का लागि आफू तयार रहेको ओलीको भनाइ, सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘लाइभ डिबेट’को लागि  आग्रह गरेको भनाइ ।


७. गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन, आफूले हसिँया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने भनाइ, आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न मतदातालाई आग्रह, गठबन्धनले बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने दावी ।


८. गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाइ, दुई–दुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेविरुद्ध गठबन्धन बनेको टिप्पणी, संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई असफल पारेको दाबी, प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन बनाइएको भनाइ ।


९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आमी क्लबको एक सय ६० पदकसहित फराकिलो अग्रता, ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पार्यो, नेपाल पुलिस क्लबलाई ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक, एपीएफलाई  २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदक ।


१०. गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको आह्वान, कोभिड–१९ का कारण विश्वका लाखौँ जनता गरिबीतर्फ धकेलिएको भनाइ, असमानताका खाडल अझ फराकिला भएको, राष्ट्रिय एवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको भनाइ । 

प्रतिक्रिया दिनुहोस्