Logo
Logo

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता गर्न भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

काठमाडौलाई व्यवस्थित शहर बनाउन महानगरले फुटपाथ र सरकारी जग्गा जमिनमा बनेको अबैध संरचना हटाउने देखी अन्डरग्राउन पार्किङ खाली गराउने सम्मको कायृक्रम संचलन गर्दै आएको छ । महानगरले नक्सा विना बनाइएका घर टहरा हटाउने र पार्किङको समस्या संगै व्यवशायीहरुलाई व्यवस्थापन र महानगरको मातहतमा ल्याउन अनिवाई रुपमा दर्ता गराउनुपर्ने प्रावधान अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्