Logo
Logo

इष्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


504
Shares

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता सय अंकित ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो ।

सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १३ हजार ४०६ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्