Logo
Logo

राजु गुरुङको रिटमाथि आज सुनुवाइ


630
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा परेको रिटमाथि न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा आज पेसी तोकिएको हो ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेजविरुद्ध गुरुङले २७ असोजमा सर्वोच्च अदातलमा रिट दायर गरेका थिए ।

रिटमा उम्मेदवार राजु गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था नर्थ वेष्ट नेपा इन्फ्रा प्रालि मात्रै रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।

असोज ३० गतेको पेसीमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले २ कातिकसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गर्न आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्