Logo
Logo

रौतहटमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


441
Shares

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमाली बासमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्ज स्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो ।

मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो। बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्