Logo
Logo

धनुषा- ४ : गठबन्धनले यादव ढुक्क, अप्ठयारोमा महासेठ


7.5k
Shares

जनकपुरधाम । धनुषा- ४ मा कांग्रेस र एमालेका पदाधिकारी निर्वाचनको मैदानमा छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र एमालेका सचिव रघुवीर महासेठ दोस्रोपटक आमनेसामने भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि यादव र महासेठ उठेका थिए । त्यसबेला महासेठ २२ हजार ५३२ मत ल्याएर निर्वाचित भए । यादवले १९ हजार ९९१ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा भन्दा यसपटक राजनीतिक समीकरण फरक छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतले काँग्रेस पहिलो दलको रुपमा छ । काँग्रेसले २६ हजार १ सय ५९ र एमालेले २४ हजार ३९४ मत पाएका छन् ।

जसपाले ८ हजार ३८८, एकीकृत समाजवादीले ८ हजार १ सय ६४ माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १ हजार ९५० मत पाएका छन् । स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथ भएकाले जित सुनिश्चित रहेको यादवको भनाइ छ ।

जनताले महासेठको विकल्प चाहेको उनले बताए । यता महासेठ भने आफू मन्त्री हुँदा थुप्रै सकड कालोपत्रे, पुलल निर्माणगायत विकासका कामलाई जितको आधार ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्