Logo
Logo

अधिवेशन स्थगन गर्न हरिपूर्वा नगरपालिकालाई आयोगकाे निर्देशन


441
Shares

काठमाडौं । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।

आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता लागु भएको हुँदा आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ ।

नगरको असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपूरक संख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी २ कात्तिकमा बोलाइएको बोलाइएको अधिवेशन हाललाई स्थगित गर्न आयोले निर्देशन दिएको हो ।

आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमति बेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराएको छ ।

‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपी निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन,’ आयोगको स्पष्टीकरण माग पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्