Logo
Logo

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार


1.8k
Shares

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको मिलनचोकमा एक युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचितले कार्कीमाथि गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्