Logo
Logo

एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा डिएसपी गैर बने सर्वाेत्कृष्ट


630
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ कमाण्ड तथा स्टाफ कलेजको छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा डिएसपी सुरेश गैरे सर्वाेत्कृष्ट भएका छन् । बुधबार आयोजित दिक्षान्त कार्यक्रममा गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम भएका डिएसपी सन्तोष बहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरिएको छ । डिएसपी गैरे चर्चित संगितकार समेत हुन् ।


दिक्षान्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुलाई बधाई दिदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए । दिक्षित अधिकृतहरुले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक बिकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने उनले बताए ।


त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरिन् । उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर तहको हो । २०७८ साल जेठ १६ गतेबाट संचालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित कुल १० जना जना अधिकृतहरुको सहभागीता थियो ।


सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्