Logo
Logo

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा


1.3k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा थप भएको एआइजीको एक दरबन्दीमा बंशी दाहालको बढुवा भएको छ । दाहालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यान्ही चिन्ह लगाएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।


त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए ।


उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजश्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।


आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा गर्दै कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालल भने ‘संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ ।’

प्रतिक्रिया दिनुहोस्