Logo
Logo
दृष्टिका १० हेडलाइन्स् 

निर्वाचनको रौनकदेखि खेलकुदको महाकुम्भसम्म


126
Shares

१. निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन, आचारसंहिता उलङ्घन गरे कारबाहीको चेतावनी, आचारसंहिता उल्लङ्घन गरे प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने, घरदैलो कार्यक्रममा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी हिँड्न नपाइने ।

२ आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आशावादी भएको अभिव्यक्ति, झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने ।


३. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मा प्रत्यक्षतर्फ एक करोड ३७ हजार मतपत्र छपाइ, छापिएकामध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार,  पहिलो चरणमा प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी । 


४. जिल्ला अदालत काठमाडौँद्वारा बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप, प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप ।


५. नेकपा एकीकृत समाजवादीले बनायो २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति, अध्यक्ष माधवकुमार नेपाल संयोजक रहेको समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठन,  महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन ।


६. आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी, प्रतिनिधिसभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी, आयोगद्वारा उजुरी परेका उम्मेदवारविरुद्ध सम्बन्धित दललाई जानकारी ।


७. बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु, १८ जना घाइते, मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का सम्झना खड्का, रोशन खड्का, प्रचण्ड खड्का र वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिका रहेको प्रहरीको भनाइ, यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा र वीरेन्द्र अधिकारीको पनि मृत्यु । 


८. सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घट्यो, नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा सिमित, दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार, समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो ।


९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्साहित खेलाडी,  विभिन्न ३६ खेलमा ६ हजार बढी खेलाडी मैदानमा, खेलाडीले पर्याप्त दर्शकको साथ भने पाउन सकेनन्, खेलाडी जति उत्साहित छन् त्यति नै दर्शकको गर्बिलो उपस्थिति हुन नसक्दा खेलाडी आफ्नो प्रस्तुतिमा उत्साहित बन्न सकेनन् ।


१०. रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा, बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ, श्रीलङ्काको संसद्वारा स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित, इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई कम्तीमा एक बर्षको अनुमति प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्