Logo
Logo

बझाङ दुर्घटना : ८ जनाकाे मृत्युले मष्टा गाउँ शोकमा


945
Shares

बझाङ । जिप दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएपछि बझाङको मष्टा गाउँ शोकमा ढुबेको छ ।

सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्कदै गरेका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएकोे प्रहरीको भनाइ छ ।

जिप सडकबाट २ सय मिटर तल खसेको बझाङ प्रहरीका इन्स्पेक्टर निरीक्षक रमेश अवस्थीले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा मष्टा –२ खेतकोटका सम्झाना खड्का, रोशन खड्का, वसन्ती धामी, प्रचण्ड खड्का, वीरेन्द्र अधिकारी, दक्षिता कठायत, सिन्कीदेवी भण्डारी र कञ्चनपुर झरेन्द्र बोहरा छन् ।

घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्