Logo
Logo

दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


504
Shares

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जितेका छन् ।

एपिएफका खेलाडी पार्कीले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्ड समय खर्चदै पूरा गरे । नवौँ खेलमा उनको यो तेस्रो स्वर्णपदक हो । यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए ।

सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । आशिषले निर्धारित दूरी २२ दशमलव ०५ सेकेन्डमा पूरा गरे भने युवराजले २२ दशमलव ५० सेकेन्ड समय लगाए । एपिएफका गोपीचन्द्र र शिवराज दाजुभाइ हुन । उनीहरू दुवैका लागि आजको दिन विशेष रह्यो ।

त्यस्तै सोही स्पर्धाको महिलातर्फको विधामा लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्ण पदक हो ।

उनले निर्धारित दूरी २५ दशमलव २४ सेकेन्डमा पूरा गरिन । त्यस्तै एपीएफकी रमिताकुमारी थारुले २५ दशमलव ९५ सेकेन्ड समय खर्चदै रजत पदक जितिन । नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पारिन । उनले २७ दशमलव ५२ सेकेन्ड समय लगाउँदै कास्य पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्