Logo
Logo

त्रिपल जम्पमा शिला र डिल्लीले जिते स्वर्ण


315
Shares

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको त्रिपल जम्पमा शिला चौधरी र डिल्ली खत्रीले स्वर्ण पदक हात पारेका छन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)की शिलाले महिलातर्फको विधामा स्वर्ण पदक जितेकी हुन् । शिलाले ११ दशमलव एक मिटर जम्प गर्दै स्वर्ण पदक हात पारेकी हुन् । नवौँ राष्टिय खेलमा शिलाको यो पहिलो स्वर्ण पदक हो ।

सोही स्पर्धामा नेपाल पुलिस क्लबकी सीमा चौधरीले रजत पदक जितिन् । उनले १० दशमलव ७६ मिटर जम्प गर्दै रजत हात पारेकी हुन । त्यसैगरी एपिएफकै खेलाडी रञ्जिता राईले कांस्य पदक हात पारिन् । उनले नौ दशमलव ९१ मिटर जम्प गर्दै कांस्य पदक जितेकी हुन् ।

सोही स्पर्धाको पुरुषतर्फ डिल्ली खत्रीले स्वर्ण पदक हात पारे । त्रिभुवन आर्मी क्लबका खेलाडी डिल्लीले १३ दशमलव ९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । सोही स्पर्धामा नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत जित्दा बागमती प्रदेशका सुदीप महतोले कांस्य जिते ।

चन्द्रदेवले १३ दशमलव ५५ मिटर जम्प गर्दै रजत जिते भने सुदीपले १३ दशमलव ४४ मिटर जम्प गर्दै कांस्य पदक हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्